मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ?

डिसी नेपाल
१७ माघ २०७९ ११:४९
1.4k
Shares

मुम्बई। अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन्। सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् ।

शाहरुखको मन्नतस्थित बालकोनी उनका लागि सधैं प्रिय छ। यही स्थानबाट उनी फ्यानलाई प्रति अभिवादन गर्छन्। शाहरुख फ्यानलाई अभिवादन गर्न बालकोनी नै किन जान्छन् ? यो एउटा रहस्यकै विषय हो। फिल्म ‘पठान’को सफलतापछि आयोजित कार्यक्रममा शाहरुखले मन्नतको बालकोनी जाने कारण खुलाएका छन्।

‘मेरो फिल्म हिट हुँदाको जस्तै फ्लप हुँदा पनि फ्यानहरूले मलाई त्यही किसिमको माया दिएका छन्। मेरो परिवारको अग्रजले मलाई एकपटक ‘जब तिमी दुःखी हुन्छौ, त्यो बेला तिमीलाई माया दिने मान्छेसामु जानु’ भनेर भन्नुभएको थियो। यदि कुनै काम हुन सकेन अथवा त्यो गलत भयो भने हामी सबैको जीवनमा गलत हुने चिजहरु हुनेछन्। त्यसमा राम्रा र नराम्रा दुवै दिन आउनेछन्’, शाहरुख भन्छन् ।

शाहरुख अगाडि भन्छन्, ‘मलाई भनिएको थियो, तिमीले काम गर्ने मानिसहरुमा नजानु, तिमीलाई कसरी राम्रो गर्न सकिन्छ भनेर बताउने मानिसहरुमा जानु। म धेरै भाग्यशाली छु कि मलाई लाखौं र अर्बौं मानिसहरुले माया दिएका छन्। त्यसकारण म जब दुःखी हुन्छु, त्यो बेला बालकोनी जान्छु। जब म खुशी हुन्छु, त्यो बेला बालकोनी जान्छु। भगवान यति दयालु हुनुभएको छ कि मलाई सधैं बालकोनीको टिकट दिनुभएको छ।’

शाहरुखको फिल्म ‘फ्यान’मा पनि उनको बालकोनीको दृश्य देखाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.