फिल्म ‘थलापति ६७’ मा भिलेन सञ्जय दत्त
मुम्बई। बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन्। त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ। सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए।
यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा पनि भिलेनका रुपमा देखिने भएका छन्। फिल्मको निर्देशन लोकेश कगनराजले गर्नेछन्।
फिल्मका निर्माता जगदीशले आफ्नो ट्वीटर हेण्डलमा फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गरेका छन्। ‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महशुस गराउनुभएको छ। हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुशी छौं। प्रेम र सहयोगका लागि धन्यवाद’, उनले लेखेका छन्।
जगदिशले सञ्जयको जुन तस्बिर सेयर गरेका छन्, त्यसमा सञ्जयको भनाइलाई पनि लेखेका छन्। ‘जब मैले थलापति ६७ को वान लाइनर सुनें, त्यही बेला म यो फिल्मको हिस्सा हुनुपर्छ भन्ने निर्णय लिइसकेको थिएँ। म यो यात्राको सुरुवात गर्न पाउँदा रोमाञ्चित महशुस गरिरहेको छु’, सञ्जयले भनेका छन्।
कामको कुरा गर्दा सञ्जय सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापति ६७’का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन्।







डिसी नेपाल







Facebook Comment