तारक मेहताले पाएनन् पूरा पारिश्रमिक

डिसी नेपाल
१८ माघ २०७९ १३:१५
2.0k
Shares

मुम्बई। भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’ कुनै न कुनै कारण चर्चामा आइरहन्छ। केही महिना अघि यसका कलाकारहरु शैलेश लोढा, राज अनादकट र निर्देशक मालव राजदाले शो छोडे। अहिले भने यो शो छोडेका कलाकारको पारिश्रमिक नदिएको विषयले चर्चा पाएको छ।

शोमा तारक मेहताको भूमिका निभाएर चर्चा पाएका शैलेशको हालसम्म पारिश्रमिक मिलान भइसकेको छैन। शैलेशले यो शोमा करिब १४ वर्ष बिताए। उनले ७ महिना अघि मात्र शो छोडेका थिए। उनको स्थानमा अहिले सचिन श्राफ तारक मेहताको भूमिका निभाइरहेका छन्।

शोले शैलेशको एक वर्ष बढी समयको पारिश्रमिक दिएको छैन। यो पारिश्रमिक करिब ६ डिजिटको छ। शैलेश एक वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहे पनि निर्माता असित कुमार मोदी शैलेशलाई पारिश्रमिक दिने विषयमा कुनै ध्यान दिइरहेका छैनन्।

स्रोतका अनुसार शैलेशले शोरनरका साथ विवादका कारण शो छोडेका थिए। उनले आफूलाई अपमानित भएको महशुस गरेपछि विना कुनै जानकारी शो छोडेका थिए। शो छोडेदेखि शैलेश शोको विषयमा मौन छन्।

कलाकारले शो छोडे पनि पूर्ण पारिश्रमिक नपाएको यो पहिलोपटक होइन। यसअघि अभिनेत्री नेहा मेहताले पनि शो छोडेपछि पूर्ण पारिश्रमिक पाएकी थिइनन्। उनले अभै पनि झण्डै ४० लाखको हाराहारीमा पारिश्रमिक पाउन बाँकी छ। त्यस्तै ‘टप्पू’को भूमिका निभाउने राज अनादकट पनि यस्तै समस्याबाट पीडित थिए।




प्रतिक्रिया

One thought on “तारक मेहताले पाएनन् पूरा पारिश्रमिक

  1. यो पारिश्रमिक करिब ६ डिजिटको छ। uso vaya 99999 hola linu…… he he he

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.