भारतमा आगलागीमा परी चौधको मृत्यु

डिसी नेपाल
१८ माघ २०७९ १३:४७
88
Shares

नयाँ दिल्ली। भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो। त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन्।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन्। पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ। आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *