पर्सामा करिब साढे ६ हजार उद्योग थपिए

डिसी नेपाल
१९ माघ २०७९ १२:३५

वीरगञ्ज। पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन्।

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए।

यस्तै, चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दर्ता भएका छन्।

यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र ६ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट रू ६ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *