कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट

डिसी नेपाल
१९ माघ २०७९ १४:३६
156
Shares

काठमाडौं। कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँट गरेको छ। कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ बिहीबार बाँडफाँट गरेको हो।

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।

जसमध्ये सामुहिक लगानी कोष ५४ हजार कित्ता र कर्मचारीहरुका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.