माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा विशेष छुट
काठमाडौँ। माछापुच्छ्रे बैंक लि. र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।
जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओ.पि.डि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढिमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाण्डौबाट सेवा प्रदान गर्दै आई रहेको छ। बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटके्रडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।







डिसी नेपाल







Facebook Comment