माधव नेपाललाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा
काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्।
आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन्।
सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment