अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने, ‘फोन पे’ले ल्यायो नयाँ सुविधा

डिसी नेपाल
२१ माघ २०७९ १३:४६
180
Shares

काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरिन् ।

उनले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरिन्। “यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो, “क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको अफलाइन फिचर कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।”

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका लागि कार्ययोजना बनाएर अघि बढेको भन्दै उहाँले यसवर्ष सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा विद्युतीय भुक्तानी साक्षरता कार्यक्रम गर्नुपर्ने बताइन् । फोन पेको फिचरमा ग्राहकले इन्टरनेटको प्रयोगबिना भुक्तानी गर्न सक्ने भएकाले ठूलो जनसङ्ख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकको ‘लेस क्यास इकोनोमी’ बनाउने अभियान साकार पार्न यसले मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पु¥याउन बैंक तथा वित्तीय संस्थाले भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको फोन पेका सीईओ दिवश सापकोटाले बताए ।

फोन पेले अनलाइनबाट गिफ्ट दिन मिल्ने नयाँ सुविधा ल्याएको छ । फोन पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ । फोन पेले विगत तीन वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म रु एक करोड ६० लाख प्रयोगकर्ता जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.