चार लाख बढी नक्कली नोटसहित दुई जना पक्राउ

डिसी नेपाल
२२ माघ २०७९ ९:५६
60
Shares

सिरहा। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली नोटसहित शनिबार सांझ दुई जनालाई नियन्त्रणमा लिएको छ। सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका वर्ष ३० का माेहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षिय माेहम्मद राज शेख रहेका छन्।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको जनाइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *