आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

डिसी नेपाल
२२ माघ २०७९ १०:०४

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो। जसअनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको  समितिले जनाएको छ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी र बचुवा माछा २५० रुपैयाँ साथै मंगुरी माछा २८० रुपैयाँ केजी र रहु माछा ३५० रुपैयाँ केजीमा पाइन्छ।

आइतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ  १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, तोरी, जिरा र रायो साग ४० रुपैया, चमसुर, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.