‘कला व्यवसायीहरू राज्यबाट उपेक्षित’

डिसी नेपाल
२२ माघ २०७९ १०:४७
40
Shares

भैरहवा। कलाकारहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरु आफ्नाे हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन्।

नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको बताए।

कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले आरोप लगाए।  दर्ता भएर कर तिरे पनि राज्यको अंगहरुमा आफूहरुकाे पहिचान हुन नसक्नु दुखद् कुरा रहेको भन्दै उनीहरुले व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक सामाजिक सुरक्षाको माग गरे।

संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंसीले २०५१ सालदेखि संस्थागत भए पनि सरकारकै उपेक्षाका कारण आफूहरुकाे पहिचान र पेशा संकटमा पर्दै गएकोले संस्थालाई पुनः जीवित गरेर देशव्यापी रुपमा संगठन विस्तारको अभियान चलाइएको बताए।

अहिले मेचीदेखि महाकालीसम्म अभियानमार्फत् जिल्ला कमिटी गठन गर्दै गएकाे र २८ जिल्लामा समिति गठन भएको उनले भने। कला र क्षमता भए पनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिँडीलाई यो पेशा तर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्भको वातावरण बनाउन र सबै कलाकारहरु एकताबद्ध भई संगठीत हुन यो अभियान चलाइएको उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *