अमेरिकाले आफ्नो ‘जासुसी बेलुन’ खसाल्नुलाई चीनले राजनीतिक स्टन्ट भन्यो, आवश्यक जवाफ दिने

डिसी नेपाल
२२ माघ २०७९ ११:४६
76
Shares

काठमाडौं । चीनको परराष्ट्र मन्त्रालयले आफ्नो ‘सिभिलियन एयरशिप’ अर्थात् कथित जासुसी बेलुनलाई अमेरिकामा खसाल्न बल प्रयोग गरेकोमा असन्तुष्टि व्यक्त गर्दै कडा विरोध गरेको छ।

अमेरिकाको कारबाहीलाई ‘राजनीतिक स्टन्ट’ भन्दै चीनले ‘अत्याधिक प्रतिक्रिया’ दिएको बताएको छ। चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सले आइतबार विदेश मन्त्रालयको पक्षमा धेरै ट्वीट गरेको छ।

ट्विटमा उसले लेखेको छ, “अमेरिकाले अत्यधिक प्रतिक्रिया दिएर अन्तर्राष्ट्रिय महासन्धिहरूको गम्भीर उल्लंघन गरेको छ। चीनले आफ्नो हित र सम्बन्धित कम्पनीहरूको वैध अधिकारको दृढतापूर्वक रक्षा गर्नेछ।”

चिनियाँ विदेशमन्त्रीको भनाइलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘हामी आगामी समयमा आवश्यक प्रतिक्रिया दिनेछौँ ।’

आफ्नो पहिलो ट्विटमा ग्लोबल टाइम्सले भन्यो, “चीनले अमेरिकालाई संयम अपनाउन र यस समस्यालाई शान्तिपूर्ण र व्यावसायिक रूपमा समाधान गर्न स्पष्ट रूपमा भनेको छ। तर अमेरिकाले बल प्रयोग गरेको छ, यो स्पष्ट छ कि उसले अति प्रतिक्रिया दिनु आवश्यक छ।”

ग्लोबल टाइम्सले यो पनि लेखेको छ, “अखिर, यो अमेरिकाले आफ्नो ‘विजय’ देखाउन गरेको राजनीतिक स्टन्ट हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *