हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट

डिसी नेपाल
२२ माघ २०७९ २२:३१
8
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँगसम्बन्धी प्रभावकारी कानून बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताद्वय मनीषकुमार श्रेष्ठ र कल्पना भाट रिजालले आज दायर गरेको रिट निवेदनमा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन आदेश माग गरिएको छ।

रिट निवेदनमा भनिएको छ, “हवाई सेवा लिने नेपालीले नेपालको संविधानको धारा, १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लङ्घन हुन पुगेको छ, नेपाल अब हवाई सेवालाई सुरक्षित, भरपर्दो, विश्वासयोग्य र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसको ख्याति बढाउनका लागि सरकार तथा सम्बद्ध निकायले ठूलै कसरत गर्नुपर्ने देखिन्छ।”

नेपालमा हवाई दुर्घटना हुने गरेको छ भन्ने बारेमा विस्तृत अध्ययन गरी समस्याको समाधान गर्ने उपायका बारेमा सुझाव दिन एउटा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न, नागरिक उड्डयनसँग सम्बन्धित प्रभावकारी कानून बनाउन र युरोपेली युनियनले भनेबमोजिम नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउन जरुरी भएको रिट निवेदनमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *