प्रधान सेनापतिले गरे सामूहिक तालिमको निरीक्षण
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गरेका छन्।
हाल नेपाली सेनाका विभिन्न युनिटहरू आआफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिमको क्रममा छन्। निरीक्षणको दौरान प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment