चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला
फाइल फाेटाे।
खोटाङ। खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन्। खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे फोक्सिङटारका सुर्य माझीको हल गोरुको खुट्टा काटिएको हो। धारिलो हतियार प्रयोग गरेर खुट्टा काटिएका गोरु हिँड्न नसक्ने अवस्थामा फेला परेको स्थानीय कर्णसेर राईले बताए।
माझीले चरनका लागि हल गोरु छाडेका थिए। पहाडी क्षेत्रमा हिँउदको समयमा गाईवस्तु चरिचरनका लागि खुला छाड्ने प्रचलन छ। तर माझीले चरनमा छाडेको गोरु खुट्टाका विभिन्न ठाउँमा काटिएको घाइते अवस्थामा फेला परेको हो।
हिउँदे तरकारी बाली खाइदिएपछि स्थानीयले गोरुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुमान गरिएको छ। गोरुको खुट्टा काटेर घाइते बनाइदिएको जानकारी आएपछि घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment