आगलागीबाट १४ वर्षिया बालिकाको मृत्यु

डिसी नेपाल
२४ माघ २०७९ ९:४४
28
Shares

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो। आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *