बाइडेनको स्टेट अफ द युनियन भाषण : पुटिनप्रति क्रोधित, नेटोको प्रशंशा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दै रुस–युक्रेन युद्ध र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा धेरै कुरा भनेका छन् । उनले नेटो गठबन्धन र रुसको अगाडि यसको शक्ति प्रदर्शनको प्रशंसा गरे।
उनले भने, “हामीले साथमा मिलेर त्यो गर्यौं जो अमेरिकाले सधैं गर्छ, आफ्नो उत्कृष्टता दिने प्रयास गर्यौं। हामीले नेतृत्व गर्यौं। हामीले नेटोलाई एकताबद्ध गर्यौं र विश्वव्यापी गठबन्धन बनायौं। हामी पुटिनको आक्रामकताको सामना गर्यौं। हामी युक्रेनका जनताको पक्षमा उभियौं।”
जो बाइडेनले कांग्रेसमा अमेरिकामा युक्रेनका राजदूतको उपस्थितिको बारेमा पनि उल्लेख गरे।
गत वर्षको सम्बोधनमा पनि उनी उपस्थित थिए । बाइडेनले भने, “तपाईको देशलाई सहयोग गर्न अमेरिका एकजुट छ। जतिसुकै समय लागे पनि हामी तपाइँको साथमा उभिनेछौँ।”
यसबाहेक उनले अमेरिकाको चीनसँगको सम्बन्धको पनि उल्लेख गरेका छन् । बाइडेनले भने कि उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्पष्ट पारेका छन् कि अमेरिका प्रतिस्पर्धा चाहन्छ, टकराव होइन।
उनले अमेरिकामा भेटिएका चिनियाँ ‘जासूस बेलुन’ को विशेष उल्लेख गरेनन् तर आफ्नो प्रशासनले सधैं आफ्नो सार्वभौमसत्ताको रक्षा गर्ने बताए।







डिसी नेपाल







Facebook Comment