अमेरिकी राष्ट्रपतिकी श्रीमतीले उपराष्ट्रपतिका श्रीमानलाई ओठमै चुम्बन गरिदिएपछि…

डिसी नेपाल
२५ माघ २०७९ १४:५९
116
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका श्रीमानको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोमा जिल बाइडेनले कमला ह्यारिसका पति डग एमहोफलाई चुम्बन गरिरहेको देखिएकी छिन् । उक्त भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरेर मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

वास्तवमा, अमेरिकी राष्ट्रपति जो बाइडेन मङ्गलबार स्टेट अफ द युनियनलाई सम्बोधन गर्न क्यापिटल हिल पुगेका थिए। यो सम्बोधन सुन्न धेरै मानिसहरु कार्यक्रम स्थलमा पुगेका थिए । जसमा अमेरिकी राष्ट्रपतिकी पत्नी जिल बाइडेन र कमला ह्यारिसका श्रीमान् डग एमहोफ पनि थिए। बाइडेनको सम्बोधन अघि, जिल बाइडेन हलमा पुगिन् र डग एमहफनजिक गएर उनको ओठमा चुम्बन गरिन्।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जनताले पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, जिल बाइडेनले कमला ह्यारिसका श्रीमानको ओठमा चुम्बन गरिन्। कहिल्यै सोचेको पनि थिइन । अर्को प्रयोगकर्ताले जिल बाइडेनले कमला ह्यारिसका श्रीमानलाई चुम्बन गरेकी थिइन् भनेर पनि सोधे । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘स्टेट अफ द युनियनको ‘सेक्सी’ सुरुवात ।

प्रतिनिधि सभामा आफ्नो बहुमत गुमाएपछि जो बाइडेनको यो पहिलो सम्बोधन थियो। यस क्रममा बाइडेनले युक्रेनमा कोरोना र रुसको हमलाको बाबजुद अमेरिकी अर्थतन्त्र राम्रो बृद्धि हुने अवस्थामा रहेको बताए । यो संसारको कुनै पनि देश भन्दा राम्रो छ।

यस क्रममा बाइडेनले चीनलाई पनि निशाना बनाएका थिए । उनले भने, ‘हामी यसबारेमा स्पष्ट हुनुपर्छ कि चीनसँगको प्रतिस्पर्धामा हाम्रो जितले हामी सबैलाई एकताबद्ध गर्नेछ । हामी विश्वभर गम्भीर चुनौतीहरूको सामना गरिरहेका छौं। तर विगत दुई वर्षमा लोकतन्त्र बलियो भएको छ, कमजोर भएको छैन । दुई वर्षमा निरंकुशता कमजोर भएको छ, बलियो भएको छैन । मलाई विश्वका एक नेताको नाम बताउनुहोस् जसले राष्ट्रपति सी जिनपिङलाई प्रतिस्थापन गर्न चाहन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *