भूकम्पपछि भग्नावशेषमा फसेकी आमाले बच्चा जन्माइन्, बच्चा सकुशल आमाको मृत्यु (भिडियोसहित)

डिसी नेपाल
२५ माघ २०७९ १५:२९
52
Shares

काठमाडौं । सिरिया र टर्कीमा गएको विनाशकारी भूकम्पका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसलाई देखेर मानिसको मन काँपिरहेको छ । भूकम्पमा परेको भवनको भग्नावशेषबाट निकालिएको यस्तै एक नवजात शिशुको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

भिडियोमा एक जना पुरुषले एउटा नवजात शिशुलाई भग्नावशेषबाट बाहिर निकालेको देखिन्छ । सिरियाको एलेप्पो सहरमा यस्तो विषम परिस्थितिमा नवजात शिशु बाँच्न पाउनु कुनै चमत्कार भन्दा कम छैन ।

सिरियाली सञ्चारमाध्यमका अनुसार एक गर्भवती महिला आफ्नो घरको भग्नावशेषमा फसेर सुत्केरी भइन् । महिलाले भग्नावशेषमै बच्चा जन्माइन् । चिकित्सकको सहयोगमा बालकलाई सकुशल बाहिर निकालिए पनि आमालाई बचाउन सकिएन ।

नवजात शिशु आफ्नो परिवारमा एक्लै बाँचेका छन् । उनका सबै दाजुभाइको दुर्घटनामा मृत्यु भएको छ ।

बच्चाको जन्म र आमाको मृत्युको खबर छिट्टै फैलियो र उनको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। भग्नावशेषमा बच्चा जन्मनुलाई मानिसहरुले चमत्कार भनेका छन् ।

टर्की र सिरियामा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी सात हजारभन्दा बढीको मृत्यु भएको छ । भग्नावशेषमा पुरिएर हजारौं मानिस घाइते भएका छन् । सयौं अझै पनि भग्नावशेषमुनि पुरिएका छन् । वर्षा र चिसोका कारण राहत तथा उद्धार कार्यमा निकै बाधा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *