एउटै अपराधीलाई एउटै न्यायाधीशले ३६ पटक जन्मकैदको सजाय सुनाए !

डिसी नेपाल
२५ माघ २०७९ १६:४४
24
Shares

काठमाडौं । एक भारतीय मूलका बेलायती न्यायाधीशले मेट्रोपोलिटन पुलिसका पूर्व जवानलाई बलात्कार र यौन दुर्व्यवहारको एक दर्जन भन्दा बढी मुद्दामा दोषी ठहर गर्दै ३६ वटा आजीवन कारावासको सजाय सुनाएका छन् ।

न्यायाधीश परमजीत कौर “बबी” ले डेभिड क्यारिकलाई १२ महिला विरुद्ध ७१ यौन अपराधमा ३६ वटा आजीवन कारावासको सजाय सुनाएका हुन् । क्यारिकमाथि ४८ वटा बलात्कारका मुद्दा छन् र महिलाहरु यसबाट विशेष जोखिममा रहेको उनले बताए । न्यायाधीशले ४८ वर्षीय क्यारिकले तीन दशक जेल बस्ने बताएका छन् । यसपछि उनी प्यारोलको बारेमा सोच्न सक्छन्।

क्यारिकका सहयोगी वेन कुजेन्सलाई पनि आजीवन कारावासको सजाय सुनाइएको छ । उनी कोरोना महामारीका बेला सारा एभरर्डको हत्यामा दोषी छन्। यो घटनापछि प्रहरीप्रति आक्रोश र अविश्वास बढेको छ । क्यारिक र कुजेन्सले सांसद र विदेशी कूटनीतिज्ञहरूको सुरक्षाको काम गर्थे। दुवै एउटै आर्म युनिटमा काम गर्थे।

न्यायाधीशले भने कि क्यारिकले पीडितहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेका थिए। आजीवन कारावासले मात्रै उनको अपराधको गम्भीरता बताउन सक्ने उनले बताए । क्यारिक र कुजेन्सको अपराधको खुलासा पछि, प्रहरी अधिकारीहरू संलग्न अन्य मुद्दाहरू पनि प्रकाशमा आएका छन्।

अभियोजक टम लिटिलले अदालतलाई बताए कि कसरी क्यारिकले घुस दिन थाले र पुलिस अफिसरको रूपमा आफ्नो शक्ति महिला विरुद्ध हिंसात्मक र क्रूर यौन अपराध गर्न प्रयोग गरे। अभियोजकले अदालतलाई बताए कि क्यारिक प्रायः आफ्नो आकर्षणमा भर पर्थ्यो र त्यसपछि पीडितहरूलाई धोका दिन र बहकाउन आफ्नो शक्ति प्रयोग गर्थे। क्यारिकले प्रायः महिलाहरूलाई अपमानित गर्थे। उनले महिलालाई सानो कपाटमा थुनेर पिसाब फाल्ने र कोर्रा लगाउने गर्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *