आत्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बिमा भुक्तानी

डिसी नेपाल
२६ माघ २०७९ ९:५१
3.1k
Shares

झापा। सन नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाख बिमा भुक्तानी हस्तान्तरण गरेको छ।

इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका-११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो।

सो कम्पनिका बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठका अनुसार कम्पनीले मृतकको घरमै पुगी मृतककी श्रीमती नानु अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका मृतक आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिन मै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *