भारतमा पनि सुरु भयो ‘ट्विटर ब्लू’, मार्सिक ९०० रुपैयाँसम्म तिर्नुपर्ने

डिसी नेपाल
२६ माघ २०७९ १०:०६
124
Shares

मुम्बई। माइक्रोबलिंग प्लेटफर्म ट्वीटरले भारतमा सब्सक्रिप्सन सेवा सुरु गरेको छ । भारतमा ट्वीटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ। बेब युर्जसको ट्वीटर ब्लुका प्रयोगका लागि मासिक ६५० भारतीय रुपैयाँ तिर्नु पर्ने छ भने मोबाइल प्रयोगकर्ताहरुले प्रति महिना ९०० भारतीय रुपैयाँ तिर्नु पर्नेछ।

एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा ट्वीटर खरिद गरेका थिए, उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिंग प्लेटफर्ममा धेरै परिवर्तन गरिरहेका छन्। एलन मस्कले पछिल्ला दिनमा ट्वीटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै दिईने छैन, सो शुल्क लिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ ।

ट्वीटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा टविटर ब्लुको सेवा सुरु गरिसकेको छ। यी देशमा ट्वीटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिदैँ आएको छ। जसअनुसार यी देशले प्रतिबर्ष अमेरिकन ८४ डलर ट्वीटरलाई दिनुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *