राखी सावन्तका पति आदिल दुर्रानीलाई न्यायिक हिरासतमा पठाइयो

डिसी नेपाल
२६ माघ २०७९ ११:४५
2.6k
Shares

काठमाडौं । रियालिटी टिभी स्टार राखी सावन्तका पति आदिल दुर्रानीलाई मुम्बईको अंधेरी अदालतले बुधबार न्यायिक हिरासतमा पठाएको छ। श्रीमतीले किटानी जाहेरी दिएपछि उनलाई मंगलबार प्रहरीले हिरासतमा लिएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार राखी सावन्तले आफ्नो पैसाको दुरुपयोग गरेको र घरेलु हिंसा गरेको आरोप लगाएकी छन् ।

मुम्बईको ओशिवारा पुलिस स्टेशन बाहिर राखी सावन्तले भनिन्, ‘विहान घरमा मलाई मार्न दौडियो । मैले तुरुन्तै प्रहरीलाई खबर गरें ।’

उनले भनिन्, ‘उनी प्रायः मेरो घरमा आएर धम्की दिने गर्थे । बिहान पनि घरमा आएर कुट्ने गर्थे र म डराएकी थिएँ । उनले मलाई मिडियामा बदनाम गरेको आरोप लगाए ।’

राखी सावन्तले आफूसँग ब्रेकअप भएपछि उनका पति आफ्नी कथित प्रेमिकासँग बस्दै आएको दाबी गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.