लागुऔषधसहित ५ जना पक्राउ

डिसी नेपाल
२६ माघ २०७९ १३:५२
68
Shares

काठमाडौं। काठमाडौं, मकवानपुर र कैलालीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२१ दलाचीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट, फेनारगन ७ हजार ३ सय एम्पुल, डाईजेपाम ७ हजार २ सय एम्पुल, नुर्फिन ५ हजार ८ सय एम्पुल र नगद ४ लाख ५ हजार रूपैयाँसहित सोलुखम्बु माप्यदुधकोशी गाउँपालिका-४ घर भएका ३५ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले शेर्पाको डेराकोठा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय सरोज भोलनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भोर्लेबाट रातोमाटे हाईवेतर्फ जाँदै गरेको ना.४० प ४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय सिरु रानासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *