सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोन नेपाली बजारमा

डिसी नेपाल
२६ माघ २०७९ २१:२१
940
Shares

काठमाडौं। सामसङ्गको अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ नेपाली बजारमा सार्वजनिक भएको छ।

कम्पनीले नेपाली बजारमा यी फोनहरुको प्रिअर्डर पनि खुला गरेको छ। ग्यालेक्सी एस २३ अल्ट्रा (१२\२५६ जीबी)को मूल्य नेपाली बजारमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, एस २३ प्लस (८\२५६ जीबी)को १ लाख ५१ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २३ (८\२५६ जीबी)को १ लाख २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने कम्पनीको दाबी छ। परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिने पनि कम्पनीले जनाएको छ।

ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ चिपस चिपसेटका साथ उपलब्ध मोबाइल गेमिङ अनुभवमा शक्तिशाली रहेको दाबी कम्पनीले गरेको छ।

‘नयाँ ग्यालेक्सी एस सिरिजले सामसङको अल्टिमेट प्रिमियम अनुभवलाई कसरी परिभाषित गर्छ भन्ने कुराको प्रतिक हुनेछ। सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरु सेट गर्दैछ,’ सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने।

ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ को प्रिअर्डरका लागि बेवसाइटमा क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्ने कम्पनीले जनाएको छ। प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मान्य हुने कम्पनीले जनाएको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *