विवेकशीलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबीच प्रतिस्पर्धा हुने
काठमाडौं। आजदेखि सुरु हुने बिबेकशील साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा ब्यक्त गरेका छन्।
सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन्। तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन्।
“अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी पूरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए। उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो।
महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए। उनका अनुसार महाधिवेशन पछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ। शुक्रबारबाट सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
शनिबारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। सो पार्टीका पुर्व अध्यक्ष रवीन्द्र मिश्रले ‘बिचार भन्दा माथि देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि बिबेकशील पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो। मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शून्यमा पुगेको सो पार्टीले महाधिवेशन गरेर नयाँ रुप लिन लागेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment