त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
काठमाडौं । सरकारले नेपाल नागरिक उडडयन प्राधिकरणका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।
‘थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्ति अनुसार उक्त बिषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment