देउवाको काउण्टरमा ओलीको खेल, संसदबाटै बालकोट लगिए ठाकुर

डिसी नेपाल
२७ माघ २०७९ १८:५५
3.0k
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकलाई सम्वाेधन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई च्याप्प समाते। उनले ठाकुरलाई आफ्नो च्याम्बरतिर लिएर गए।

राष्ट्रपति निर्वाचनको रन्कोले राजनीति तातिरहेका बेला ओलीले लोसपा अध्यक्ष ठाकुरलाई देखाएको हार्दिकताले संसद भवन परिसरमा निकै चर्चा पायो।

एमाले अध्यक्ष ओली लोसपा अध्यक्ष ठाकुरसँग आगामी राष्टपति निर्वाचनका बारे विशेष कुराकानी गर्न चाहान्थे र संसदमा भेट भएको बेला उनले माघ १० गते शुक्रबार अपरान्ह त्यसरी हार्दिकता देखाए कि अरु विपक्षी दलका नेताहरु सशंकितसमेत भएका छन्।

समाचारअनुसार ओलीले ठाकुरलाई संसद भवनभित्रको आफ्नो चेम्बरमामात्र लगेनन् त्यहाँ केहीबेर कुराकानी गरेपछि आफ्नै गाडीमा राखेर बालकोट लिएर गए। ठाकुरका निजी सचिव र सुरक्षागार्ड भने संसद भवनमै थिए। उनीहरु ठाकुरलाई लिन कतिबेला बालकोट जाने भनेर अन्यौलमा थिए।

स्रोतका अनुसार, छिमेकी मुलुक भारतले राष्टपति निर्वाचनमा अत्याधिक चासो राखेर खेल खेल्न थालेपछि सो खेललाई काउण्टर दिन ओलीले यो नयाँ खेल शुरु गरेका हुन्।

भारतीय जासुसी संयन्त्रसहित नेपाली कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवारलाई हराउने रणनीतिमा छन्। यसलाई काउण्टर गर्न ती सबै पक्षलाई मुस्किल पार्ने खेलका गरी राष्ट्रपतिमा ठाकुरको नाम अघि सार्ने प्रयत्नमा छन् ओली।

ठाकुरको नाम अघि सार्दा देउवा, दाहाल र भारतीय पक्षले विरोध गर्न मुस्किल पर्ने र अर्को उम्मेदवार नै खडा गर्न नसक्ने सम्भावनाका आधारमा यो खेल शुरु गरिएको हो।

अर्को पक्षबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा कृष्ण सिटौला वा दमननाथ ढुंगानाको नाम अघि सारिन सक्ने र आफ्नो पक्षको उम्मेदवार पराजित हुन सक्ने अवस्था आउनसक्ने आकलनका साथ ओलीले ती सबैलाई काउण्टर दिन ठाकुरको नामको चर्चा चलाउने तयारीमा यो छलफल गरेको बताइएको छ।

ठाकुरको नाम अघि सार्दा देउवा, दाहाल र भारतीय पक्षले विरोध गर्न मुस्किल पर्ने र अर्को उम्मेदवार नै खडा गर्न नसक्ने सम्भावनाका आधारमा यो खेल शुरु गरिएको हो।

भित्री रुपमा भने ओली मदन भण्डारी फाउण्डेशनका अध्यक्ष गुरु बराल वा पूर्वसभामुख सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन चाहान्छन्। यसमा दाहाल स्वयंले भाँजो हाल्दै राष्ट्रिय सहमति खोज्न थालेपछि काउण्टर खेलमा ठाकुर अघि सार्ने खेल शुरु भएको हो।

अर्को पक्षबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा कृष्ण सिटौला वा दमननाथ ढुंगानाको नाम अघि सारिन सक्ने र आफ्नो पक्षको उम्मेदवार पराजित हुन सक्ने अवस्था आउनसक्ने आकलनका साथ ओलीले ती सबैलाई काउण्टर दिन ठाकुरको नामको चर्चा चलाउने तयारीमा यो छलफल गरेको बताइएको छ।

निकै लामो समयसम्म बालकोटमा भलाकुसारी गरेका ठाकुरसँग के के कुरा भयो त्यो स्पष्ट भएको छैन तर कांग्रेस र माओवादी कित्तामा ओलीको ठाकुरप्रतिको यो व्यवहारले भने तरंग ल्याइदिएको छ।

ठाकुरलाई हात लिन सके भारतको आफूविरोधी शक्तिलाई तत्कालका लागि निस्तेज पार्न सकिने र राजनीतिकरुपमा आफ्नो विजय हुने रणनीतिक चालमा छन् ओली। प्रकारान्तरमा ओली ठाकुरलाई राष्ट्रपतिको चर्चामा ल्याएर उपराष्ट्रपति बनाउन चाहन्छन् र एमालेकै कुनै उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन चाहान्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.