आइएमई जनरल इन्स्योरेन्स इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता
काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता शुक्रबार सम्पन्न भएको हो।
प्रारम्भिक सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवाललेले हस्ताक्षर गरेका छन्। आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच १:१ स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।
सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ। मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment