यी चीजहरूमा पाइन्छ डेयरी प्रोडक्टहरूभन्दा बढी क्याल्सियम
काठमाडौँ। क्याल्सियम हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण मानिन्छ। यसले हड्डीलाई बलियो बनाउने मात्र नभई दाँतको स्वास्थ्यमा पनि सुधार गर्न मद्दत गर्छ। यसका साथसाथै क्याल्सियमले हार्ट रिदम र मांसपेशीको संकुचनलाई नियन्त्रण गर्न पनि मद्दत गर्छ।
यदि शरीरमा क्याल्सियमको कमी भएमा हाइपोक्याल्सेमिया नामक रोगको सामना गर्नुपर्ने हुन्छ। यस रोगका लक्षणहरु हुन्- अलमल हुनु, मांसपेशी दुख्नु, हात-खुट्टा र अनुहार सुन्निनु, हड्डी कमजोर हुनु।
दूध, दही र पनीर जस्ता दुग्धजन्य पदार्थलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ। यसका साथै अण्डा, कुखुराको मासु, मटन र माछाको सेवनले पनि शरीरमा हुने क्याल्सियमको कमीलाई पूरा गर्न सकिन्छ। तर यस्ता धेरै व्यक्तिहरू छन् जसलाई डेयरी उत्पादनहरूबाट एलर्जी हुन्छ वा त्यहाँ धेरै मानिसहरू पनि छन् जो माछा/मासु सेवन गर्दैनन्।
यस्तो अवस्थामा प्रश्न उठ्छ कि यी व्यक्तिहरूले आफ्नो शरीरमा क्याल्सियमको कमी कसरी पूरा गर्न सक्छन्? शरीरमा हुने क्याल्सियमको कमीलाई पूर्ति गर्न डेयरी प्रोडक्ट वा नन-वेजबाहेक अन्य चीजहरूको पनि मद्दत लिन सकिन्छ। जानौं उनीहरुको बारेमा-
सोया मिल्क– डेयरी उत्पादनलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ भन्ने कुरामा कुनै शंका छैन। यद्यपि, दूध र डेयरी उत्पादनहरूबाट एलर्जी भएका वा शाकाहारी भएका मानिसहरूले यसको सट्टा सोया वा बदामको दूध प्रयोग गर्न सक्छन्। यसमा क्याल्सियम पनि प्रशस्त मात्रामा पाइन्छ ।
हरियो सागसब्जी- हरियो सागपात जस्तै पलुङ्गो, केल, बोक छोएमा क्याल्सियमको मात्रा बढी हुन्छ। यी सबै तरकारीहरूले क्याल्सियमलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्दछ र तपाईंको हड्डी र दाँतको लागि धेरै लाभदायक मानिन्छ।
हरियो सागसब्जीमा भिटामिन ए, भिटामिन के, भिटामिन ई, भिटामिन सी, बीटा क्यारोटिन, फोलेट, भिटामिन बी१, बी२, बी३, बी५ र बी६ पनि प्रशस्त पाइन्छ। यस्तो अवस्थामा हरियो सागसब्जी तपाईको समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
बिन्स र दाल– यदि तपाईं डेयरी उत्पादन र मांसाहारी बाहेक अन्य क्याल्सियमको राम्रो स्रोत खोज्दै हुनुहुन्छ भने, बिन्स र दाल तपाईंको लागि धेरै राम्रो विकल्प साबित हुन सक्छ। बिन्स र दालमा क्याल्सियमसँगै प्रोटिन र फाइबर पनि उच्च मात्रामा पाइन्छ । यिनीहरूले हाम्रो पाचन शक्तिको लागि मात्र नभई हाम्रो ऊर्जा स्तर पनि बढाउँछ।
टोफु– टोफुमा क्याल्सियम धेरै मात्रामा पाइन्छ। १०० ग्राम टोफुमा १७६ मिलीग्राम क्याल्सियम हुन्छ। टोफु सोयाबिनबाट बनाइन्छ, जसका कारण यसलाई शाकाहारीहरूले पनि खान सक्छन्। क्याल्सियम बाहेक टोफुलाई फाइबर, भिटामिन, मिनरल्स र प्रोटिनको पनि राम्रो स्रोत मानिन्छ।
नट्स– नट्स स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ। बदाम र ब्राजिल नटमा क्याल्सियमको मात्रा धेरै पाइन्छ। यस बाहेक यसमा फाइबर, हेल्दी फ्याट र प्रोटिन पनि हुन्छ।







डिसी नेपाल








Facebook Comment