भूकम्पले पीडित टर्कीका नागरिकहरूका लागि आफ्नाहरू नै बने दुश्मन !

डिसी नेपाल
२९ माघ २०७९ १२:३४
584
Shares

काठमाडौं । भूकम्पले टर्की र सिरियामा ठूलो क्षति पुर्याएको छ । त्यहाँ अहिलेसम्म २८ हजार मानिसको मृत्यु भइसकेको छ । यसैबीच टर्कीमा भूकम्पका कारण घरबारविहीन बनेका नागरिकहरूबीच लुटपाटका घटना बढेका छन् । भूकम्पपछि लुटपाटमा संलग्न ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टर्कीको समाचार एजेन्सी अनादोलुका अनुसार फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि लुटपाटका घटनामा वृद्धि भएको छ । यी घटनापछि छानबिन गर्न समिति गठन भएको थियो । छानबिनपछि समितिले विभिन्न ८ प्रदेशका ४८ जनालाई पक्राउ गरेको छ ।

भूकम्पपछि टर्की र सिरियामा २८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले १० प्रान्तमा तीन महिनाको संकटकाल घोषणा गरेका छन् । लुटपाटका घटना बढेपछि एर्दोगानले यी घटनालाई रोक्ने वाचा गरेका थिए । उनले देशमा लुटपाट, अपहरण जस्ता घटनामा संलग्न व्यक्तिले यस्ता घटनामा संलग्नलाई उन्मुक्ति नदिने बताए ।

टर्कीमा भूकम्पको पहिलो धक्का फेब्रुअरी ६ गते बिहान ४.१७ बजे गएको थियो । रिक्टर स्केलमा यसको तीव्रता ७.८ म्याग्निच्युड थियो । भूकम्पको केन्द्रविन्दु टर्कीको दक्षिणी गाजियनटेप थियो । यसबाट मानिसहरूले राहतको सास फेर्न नपाउँदै केही समयपछि अर्को भूकम्प आयो, यसको तीव्रता रिक्टर स्केलमा ६.४ म्याग्निच्युड थियो। भूकम्पको धक्काको यो क्रम यहीँ रोकिएको छैन ।

त्यसपछि ६.५ म्याग्निच्युडको अर्को झट्का आयो । यी भूकम्पले मलात्या, सानलिउर्फा, ओस्मानीए र दियारबाकिरलगायत ११ प्रान्तमा विनाश ल्याएको थियो। साँझ ४ बजे फेरि भूकम्पको धक्का महसुस भएको थियो । यो झट्काले सबैभन्दा बढी क्षति पुर्याएको बताइएको छ । त्यसको ठीक डेढ घण्टापछि साँझ ५ः३० बजे भूकम्पको पाँचौं धक्का महसुस भएको थियो ।

टर्कीको भौगोलिक अवस्थाका कारण यहाँ प्रायः भूकम्प जान्छ । सन् १९९९ को भूकम्पमा १८ हजार मानिसको मृत्यु भएको थियो । सोही क्रममा २०११ को अक्टोबरमा गएको भूकम्पमा परी ६ सयभन्दा बढीको ज्यान गएको थियो । भूकम्पले सीमावर्ती सिरियामा पनि तनाब मच्चाएको थियो, जसको डरलाग्दो तस्विरहरु सार्वजनिक भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *