अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ
बर्दिया। गुलरिया नगरपालिका-९ खल्लिपुरुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शाह बुद्धिन सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मथुराहरिद्वारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
उता भक्तपुर, सूर्यविनायक नगरपालिका-४ सिरुटार चारदोबाटोबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५५ ग्राम सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन्।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.९० प ८७९२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment