सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.९९ अङ्कले बढेर ४०४.४३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज १४ करोड ३७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा न्याग्दी ग्रुप पावर र अपि पावर को कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा खप्तर्ड लघुवित्त र सिमिलिङ्ग पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, न्याग्दी ग्रुप पावर र हिमालयन पावर पाटनरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment