धनगढी पुगेर माधव नेपालले भने- रेशम चौधरीको रिहाइ आवश्यक छ

डिसी नेपाल
२९ माघ २०७९ १८:१९
100
Shares

धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएका छन्।

धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्ने भन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन्।

शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो। सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ।

यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरुको मत आवश्यक पर्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *