सरकार ढाल्ने षड्यन्त्र भइरहेको छः केपी ओली
झापां। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।
आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरी सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन्।
देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको उनले बताए। ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरु पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे।
उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालामा विकासका धेरै कामहरु भएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment