‘जनयुद्ध दिवस’ बिदाको निर्णयमा योगेशको टिप्पणी, ‘अलग बिदा दिएर वैचारिक ध्रुवीकरणमा नफसाऔं’
काठमाडौं। सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिएपछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो।
यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णय प्रति टिप्पणी गरेका छन्।
‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔं।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment