‘जनयुद्ध दिवस’ मनाउने निर्णयमा शेखरको प्रश्न, ‘कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?’

डिसी नेपाल
१ फागुन २०७९ १०:२४
28
Shares

काडमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १ फागुनलाई ‘जनयुद्ध दिवस’ पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयमा प्रश्न उठाएका छन्।

आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भइरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोइरालाले टविट गर्दै प्रश्न गरेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?’

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *