बंगलादेशको आगामी राष्ट्रपतिका लागि मोहम्मद शाहबुद्दिन मनोनित
काठमाडौं । बंगलादेशको सत्तारुढ दल अवामी लिगले आइतबार पूर्व न्यायाधीश तथा इस्लामी बैंक बंगलादेश लिमिटेडका उपाध्यक्ष मोहम्मद शाहबुद्दिनलाई देशको नयाँ राष्ट्रपतिको रूपमा मनोनित गरेको छ ।
यदि निर्वाचित भएमा मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति हुनेछन्। हालका राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २३ अप्रिलमा सकिँदैछ ।
आइतबार अवामी लिगका महासचिव ओबैदुल कादरको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल मुख्य निर्वाचन आयुक्तको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरायो ।
राष्ट्रपति पदका लागि फेब्रुअरी १४ सम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।
मनोनयन पछि, फेब्रुअरी १९ मा संसदमा मतदान हुनेछ। संसदमा अहिले अवामी लिगको पूर्ण बहुमत भएकाले पार्टीको उम्मेदवार आगामी राष्ट्रपति बन्ने प्रबल सम्भावना छ ।
निर्वाचित भएपछि उनले आगामी ५ वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।







डिसी नेपाल







Facebook Comment