भारत पठाउन लागेको ४८ वटा गाई गोरु प्रहरीको नियन्त्रणमा
महोत्तरी। भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्सीस्थित दशगजाबाट डोर्याउदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment