न्यूजिल्याण्डमा ग्याब्रियल आँधीबाट हजारौं मानिस प्रभावित
काठमाडौं । चक्रवात गेब्रियलको प्रभाव न्यूजिल्याण्डका धेरै क्षेत्रमा देखिन थालेको छ । प्राप्त जानकारी अनुसार हालसम्म यो हावाहुरीका कारण ५८ हजारभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ ।
अधिकारीहरूले तीव्र हावा र वर्षाको चेतावनी दिएका छन्। यस आँधीलाई ध्यानमा राख्दै सयौं उडानहरू पनि रद्द गरिएका छन्। कतिपय क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
आँधी न्यूजिल्याण्डको नर्थ आइल्याण्ड नजिक पुगेको छ । यो आँधी यस्तो बेला आएको हो, जब केही दिनअघि अकल्यान्ड र आसपासका क्षेत्रमा भीषण वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको थियो ।
न्युजिल्याण्ड सरकारले देशभर आपतकाल लागू गर्ने विचार गरिरहेको छ । यदि यस्तो भयो भने, यो तेस्रो पटक हुनेछ, जब न्यूजील्याण्डमा आपतकाल लागू हुनेछ।
यो आँधीले अहिलेसम्म जमिनमा नआएको तर यसले विनाश मच्चाउन थालेको छ । जसका कारण धेरै रुखहरु ढलेका छन्, सडकमा क्षति पुगेको छ भने विद्युत आपूर्ति प्रभावित भएको छ ।
हावाहुरीका कारण विद्यालय र स्थानीय सरकारी कार्यालयहरु बन्द गरिएको छ । मंगलबारसम्म स्थिति सामान्यतर्फ सर्ने विश्वास गरिएको छ ।







डिसी नेपाल







Facebook Comment