एनएमबि लघुवित्तको नाफा घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ?

डिसी नेपाल
१ फागुन २०७९ १५:३४
76
Shares

काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

एनएमबि लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५० लाख ३२ हजार रुपैयाँमा खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा ९३.०७ प्रतिशतले नाफा कम रहेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड २५ लाख रुपैयाँ  नाफा आर्जन गरेको थियो।

यता, एनएमबिको समीक्षा अवधिमा खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँमा आएको छ। गतवर्ष यस लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसामा झरेको र इपीएस २२ रुपैयाँ १३ पैसा थियो।

एनएमबि लघुवित्तको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.