चीनले दक्षिण चीन सागरमा डुंगामा लेजर हान्यो
काठमाडौं । फिलिपिन्सले साउथ चाइना सीमा आफ्नो डुङ्गालाई चीनले मिलिटरी ग्रेड लेजर बत्तीले आक्रमण गरेको आरोप लगाएको छ ।
फिलिपिन्सले आफ्नो डुङ्गा विवादित साउथ चाइना सीमा सामान आपूर्ति गर्न जाँदै गर्दा चीनले त्यसलाई अलमल पार्न लेजर बत्ती प्रहार गरेको बताएको छ ।
यो फिलिपिन्स कोस्ट गार्ड डुङ्गा को चालक दल लेजर प्रकाश द्वारा अस्थायी रूपमा अन्धा भएको थियो। जसका कारण डुंगा फर्किनु परेको थियो ।
उक्त डुङ्गा दक्षिण चीन सागरको दोस्रो थोमस शोलमा डुबेको फिलिपिन्सको नौसैनिक जहाजलाई सामग्री पुर्याउन गइरहेको थियो। यो जहाजको उपस्थितिलाई लिएर फिलिपिन्सले यस ठाउँमा आफ्नो दाबी गर्दै आएको छ।
चीनले यसअघि दक्षिण चीन सागरको अधिकांश भूभागमा आफ्नो दाबी राख्न पानी तोप र साइरन प्रयोग गर्दै आएको छ।
यो घटना जनवरी ६ को हो तर सोमबार मात्रै यसको जानकारी सार्वजनिक भएको हो । फिलिपिन्सले जारी गरेको विज्ञप्तिमा यो समुन्द्रमा फिलिपिन्सको सार्वभौम अधिकारको खुला उल्लंघन भएको उल्लेख गरिएको छ ।
फिलिपिन्सले आरोप लगाएको छ कि लेजर बत्तीको प्रयोग बाहेक चिनियाँ जहाजले फिलिपिन्सको जहाजको दाहिने छेउको नजिक आउन पनि प्रयास गरेको थियो र त्यो १ सय ३७ मिटर मात्र टाढा थियो।
फिलिपिन्सका यी आरोपहरूमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सन् २०१६ मा संयुक्त राष्ट्र संघको स्थायी अदालतले दक्षिण चीन सागरमा चीनको दाबीको कुनै ऐतिहासिक आधार नभएको बताएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment