धनियाँको पातले युरिक एसिडलाई गर्छ नियन्त्रण
काठमाडौं । खराब जीवनशैली र गलत खानपानका कारण आजकाल मानिसहरु धेरै रोगको सिकार भइरहेका छन् । यी मध्ये एक रोग हो यूरिक एसिड। शरीरमा प्यूरिन नामक रसायनको मात्रा बढ्न थालेपछि शरीरमा युरिक एसिड बन्छ । जब यो शरीरमा प्यूरिन अत्यधिक मात्रामा बन्न थाल्छ, तब शरीरमा युरिक एसिडको स्तर बढ्छ।
तपाईंको खानामा प्यूरिनको मात्रा बढी हुन्छ र मृगौलाले यसलाई राम्रोसँग फिल्टर गर्न सक्दैन। यो बिस्तारै प्यूरिन क्रिस्टलको रूपमा जम्मा हुन थाल्छ। यी क्रिस्टलहरू शरीरको जोर्नीहरूमा गएर युरिक एसिडको रूप लिन थाल्छन्। जसका कारण शरीरका जोर्नीहरुमा दुखाई हुन थाल्छ । यस्तो अवस्थामा आफ्नो शरीरबाट युरिक एसिडलाई नियन्त्रण गर्न आफ्नो आहारमा थोरै परिवर्तन गरेर सजिलै नियन्त्रण गर्न सकिन्छ ।
औषधिबाहेक केही घरेलु उपायबाट पनि युरिक एसिड नियन्त्रण गर्न सकिन्छ । खानाको स्वाद बढाउने धनियाँको पातले यसलाई नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । धनियाको पातले युरिक एसिडलाई कसरी नियन्त्रण गर्छ जान्नुहोस्। यसको उपभोग गर्ने तरिका पनि जान्नुहोस्।
धनियाँको पातले युरिक एसिड नियन्त्रण गर्छः धनियाँको पातमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा एन्टी–इन्फ्लेमेटरी गुण पनि पाइन्छ जुन खुट्टाको सुन्निने समस्यालाई कम गर्न प्रभावकारी हुन्छ। युरिक एसिडका बिरामीले धनियाको पातको सेवन गरेमा मृगौलाको पत्थरी पनि पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्किदा फाइदा हुन्छ ।
धनियाँको पात यसरी प्रयोग गर्नुहोस्ः धनियाँको पातको सेवनले शरीरमा युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्छ। धनियाँको पातलाई पानीले राम्ररी धुनुहोस्। यसलाई पानीमा हालेर उमालेर छान्नुहोस् । यो पानी दैनिक खाली पेट पिउनाले युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ । यसबाहेक यसलाई तरकारीको माथि राखेर पनि खान सकिन्छ । अथवा चटनी बनाएर पनि खान सकिन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment