‘जेरी २’ को थिम पोस्टर सार्वजनिक

डिसी नेपाल
२ फागुन २०७९ १७:३७
80
Shares

काठमाडौं। अभिनेता अनमोल केसी र आना शर्माको मुख्य भुमिका रहने सिनेमा ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ।

हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमामा पुर्णिका सिजापतीको पनि मुख्य भुमिका रहनेछ।

८ बर्ष अघि निर्माण भएको सुपरहिट सिनेमा ‘जेरी’को सिक्वेलको रुपमा यो सिनेमा निर्माण हुँदैछ। सिनेमामा अभिनय गर्ने अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत गरेको थियो।

अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन्। सिनेमाको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका हुन्।

फागुन अन्तिम साताबाट फ्लोरमा जाने सिनेमाको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिनेछ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *