वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

डिसी नेपाल
२ फागुन २०७९ २१:०८
16
Shares

रामल्लाह । उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन्।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका क्रममा इजरायली सेनाको गोली टाउकोमा लागेपछि १७ वर्षीय महमुद अल–एदीको मृत्यु भएको हो ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले वेस्ट बैंकमा इजरायली सेना विरुद्ध आक्रमणमा संलग्न प्यालेस्टिनीहरूलाई पक्राउ गर्न शरणार्थी शिविरमा आक्रमण गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *