भेरी किनारमा एक जनाको शव फेला

डिसी नेपाल
२ फागुन २०७९ २२:२६
24
Shares

सुर्खेत । सुर्खेतको भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदी किनारमा मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो ।

नाम–थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त शव बगेर किनारा लागेको हुनसक्ने अनुमान गरेको छ ।

शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *