जुवातास खेलिरहेका सात जना पक्राउ
काठमाडौँ। नागार्जुन नगरपालिका-२ नाम्गेलस्थित जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय छिरङ शेर्पा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सो रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेल्न प्रयोग गरेको नगद २३ हजार ७ सय १५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment