भूकम्पपछि पहिलो पटक राहत टोली सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पुग्यो
काठमाडौं । फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पपछि पहिलो पटक संयुक्त राष्ट्रसंघको राहत टोली उत्तरपूर्वी सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पुगेको छ । विभिन्न एजेन्सीको यो संयुक्त राहत मिसन टर्की हुँदै सिरिया पुगेको छ ।
यसअघि, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सिरियाली राष्ट्रपति बसर अल-असदले टर्की हुँदै सिरियामा राहत सामग्री प्रवेश गर्न दिने निर्णयको स्वागत गरेका थिए।
हालसम्म सहायता सामग्री आधिकारिक मार्गबाट मात्र सिरियामा प्रवेश गर्न पाइन्थ्यो। सिरियामा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा व्यापक विनाश भएको छ ।
सिरियाको उत्तरपूर्वी क्षेत्रमा इराकले सहायता पुर्याउन नसक्ने र यसका कारण अवस्था झन् बिग्रँदै गएको राष्ट्रसंघले स्वीकार गरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment