च्यातिएको जिन्स लगाएर स्कुल पुगिन् किशोरी, शिक्षकको हर्कतले आमा आक्रोशित

डिसी नेपाल
३ फागुन २०७९ १४:३५
28
Shares

काठमाडौं । एउटी किशोरी रिप्ड जिन्स लगाएर स्कुल गइन् । यसपछि शिक्षकले उनको जिन्समा टेप लगाइदिए । शिक्षकको यस्तो व्यवहारबाट किशोरीकी आमा रिसाएकी छन् । उनले भिडियो सेयर गर्दै यस विषयमा विद्यालयलाई प्रश्न गरेकी छिन् र छोरीको छाला लुकाउनको लागि टेप टाँसिएको विद्यालयको त्यस्तो कुनै नीति छ कि छैन भनेर सोधेकी छिन् ।

किशोरीकी आमाले आफ्नी छोरीको छाला निकै संवेदनशील भएको बताइन् । जसका कारण उनलाई एलर्जी हुन्छ । भाइरल भिडियोमा शिक्षकले किशोरीको च्यातिएको जिन्समा रातो टेप लगाएको देखिन्छ । यसपछि किशोरीकी आमाले यस विषयमा विद्यालय प्रशासनमा उजुरी गरिन् ।

अमेरिकामा रहेकी किशोरीकी आमाले यस विषयमा सामाजिक सञ्जालमा मोर्चा खोलिन् । उनले टिकटक एपमा भिडियो बनाएकी हुन् । स्कुलमा शिक्षकको अफिसमा छिन् र भनिरहेकी छिन्– मेरी छोरीको छालामा टेप लगाइएको छ, के यो व्यवहार स्वीकार्य छ ?

डेलीस्टारका अनुसार भिडियोमा किशोरीकी आमाले विद्यालय प्रशासनलाई कडा प्रश्न गरिन् । छोरीको अपमान भएको उनले बताइन् । विद्यालयको व्यवहार देखेर उनी निकै रिसाएकी थिइन् । विद्यालयले गरेको यस्तो व्यवहार अस्वीकार्य रहेको उनले बताइन् ।

यो भाइरल भिडियोमा धेरैको प्रतिक्रिया पनि आएको छ । अधिकांश मानिसहरू किशोरीकी आमाको पक्षमा देखा परे। भिडियोको कमेन्ट सेक्शनमा एक व्यक्तिले लेखेका छन्– शिक्षकले तपाईंलाई कल गर्न सक्नुभएन ? अर्का एक व्यक्तिले लेखेका छन्– विद्यालयको यो मनोवृत्ति निकै खराब छ, जिन्समा कुनै समस्या छैन ।

किशोरीकी आमाले अर्को भिडियो बनाइन् । जसमा उनले विद्यालयको ड्रेस कोड नीतिबारे जानकारी लिएकी थिइन् । भिडियोमा उनी भनिरहेकी छिन्– नीतिअनुसार सामुदायिक मापदण्डअनुसारको पोशाक सफा हुनुपर्छ । विद्यार्थीहरूले शरीरका अंगहरू वा अन्डरवियरहरू देखिने कपडा लगाएर विद्यालय आउनु हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *